काठमाडौं । प्राकृतिक र आधुनिक पद्धतिले उपचार गर्ने पद्धतिसहित निर्भाना फिजियोथेरापी एन्ड वेलनेस सेन्टर सञ्चालनमा आएको छ । काठमाडौंको लाजिम्पाटमा सञ्चालनमा आएको यो वेलनेस सेन्टरको नेपालका लागि मलेसियाली दूतावासका चार्ज डे अफेयर्स मोहम्मद फिर्दोस अजमानले उद्घाटन गरे ।
सहरी जीवनमा बढ्दो व्यस्तताले शारीरीक तथा मानसिक दबाब महशुस गर्नेहरुका लागि चिकित्सकीय मान्यताप्राप्त यो वेलनेस सेन्टरमा अनुभवी र अनुमतिपत्र प्राप्त विशेषज्ञ जनशक्तिबाट सेवा प्रदान गरिने सञ्चालक रजुल श्रेष्ठले जानकारी दिए । उनका अनुसार न्यूनतम शुल्कमा गुणस्तरीय सेवा प्रदान गर्ने नीतिअनुसार चिकित्सकहरुको सल्लाह, सुझाव र प्रत्यक्ष निगरानीमा वेलनेस सेवा सञ्चालानमा ल्याइएको छ ।
“यहाँ हामीसँग फिजियोथेरापी मात्र होइन प्राकृतिक चिकित्सा, योगिक थेरापी, मर्मा थेरापी र ओस्टियोप्याथी पनि छ जुन नेपालमा दुर्लभ उपचार पद्धति हो,” सञ्चालक श्रेष्ठ भन्छन्, “हामीसँग हरेक दुखाइ सम्बन्धित समस्याहरूको समाधान छ ।” उनका अनुसार ढाड दुख्ने, घाँटीको दुखाइ, स्ट्रोक पक्षघात, मांसपेशी ऐठन, ट्रिगर प्वाइन्ट, स्नायु कम्प्रेसन (नशा चाइपाइन), वर्टिगो, शरीरको कार्य गडबड, ऊर्जा असंतुलन जस्ता समस्याका लागि उत्कृष्ट चिकित्सकहरू पनि संलग्न रहेका छन् ।
शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा मलेसियाली दूतावासका चार्ज डे अफेयर्स मोहम्मद फिर्दोस अजमानले संसारभर पछिल्लो समय व्यस्त जीवनशैलीका कारण मानिसमा मानसिक र शारीरीक समस्या देखिएकाले यसको उपचारका लागि पूर्वीय र पश्चिमा उपचार पद्धतिको सम्मिश्रण जरुरी रहेको र यो आवश्यकता नेपालमा निर्भानाले पूरा गर्ने धारणा राखे ।
हाडजोर्नी विशेषज्ञ प्रा. डा. बुलन्द थापा र न्यूरोलोजिष्ट डा. रवीन्द्र श्रेष्ठले दुर्घटनापछि प्रारम्भिक उपचार अस्पतालले गर्ने भए पनि मानिसलाई सामाजिक जीवनमा फर्काउन फिजियोथेरापीको ठूलो महत्व हुने भन्दै निर्भानाजस्तै वेलनेस सेन्टरको आवश्यकता मुलुकलाई रहेको धारणा राखे ।
काठमाडौंमा पहिलोपटक प्रभावकारी थेरापीसँगै पुरानो र दुर्लभ आयुर्वेदिक उपचार एकै ठाउँमा रहनु आफैमा अनुपम संयोग भएको उनीहरुको भनाइ छ ।
निर्भानाले नेपालमा एलोप्याथिक र आयुर्वेदिक थेरापीहरूको अनुपम मिश्रण प्रदान गर्दै योगिक र अस्टियोप्याथिक सिद्धान्तहरूलाई एकीकृत गर्ने उपचार उपलब्ध गराउँदै आएको छ । जहाँ परम्परागत र आधुनिक उपचारहरू निर्बाध रूपमा एकीकृत गरिएको उल्लेख छ । उपचार प्रक्रियाको लागि शान्त र शान्तिमय वातावरण सिर्जना गर्न अत्याधुनिक सुविधाहरूसहित डिजाइन गरिएको सञ्चालक श्रेष्ठ बताउँछन् ।
सेन्टरका अपरशेन तथा मार्केटिङ विभाग प्रमुख स्वर्णिम सुवालका अनुसार निर्भानाले न्यूनतम शुल्कमा सेवा प्रदान गर्दै आइरहेको छ । “हाम्रो सेवा न्यूनतम २ सय रुपैयाँदेखि ३ हजारसम्म निर्धारण गरिएको छ,”उनी भन्छन्, “यो शुल्क काठमाडौंमा रहेका फिजियोथेरापीहरुमध्ये सबैभन्दा सस्तो हो ।”










प्रतिक्रिया