काठमाडौँ संचारको निरन्तर विकसित प्ररिदृश्यमा,Sparrow SMS एसएमएस सेवा प्रदान गर्दै विगत १३ वर्ष देखि स्थापित कम्पनी हो। सन् २०१० मा जब Sparrow SMS संचालनमा आयो, नेपाल निकै कठिन समयबाट गुज्रिरहेको थियो जसमा दैनिक १४– १८ घण्टा लोडशेडिङ, निरन्तर हडताल तथा नेपाल बन्द जस्ता कार्यक्रमहरुले दैनिक कार्य संचालनमा कठिनाई थियो। उक्त समयमा नेपालमा नगण्य रुपमा स्मार्टफोनको उपलब्धता थियो, साथै ईन्टरनेट पनि सीमित र एकदमै महँगो सेवा थियो। जसले गर्दा सजिलै सूचनाको पहुँचबाट धेरै बन्चित थिए। Sparrow SMS ले यसै कठिनाईलाई मध्यनजर गरी सूचनामा सजिलो पहुँच पुर्याउन sms मार्फत सस्तो र भरपर्दो प्रविधि विकास गरी साना तथा ठूला व्यवसायी, सरकारीरगैरसरकारी निकायलाई सुलभ रुपमा सेवा उपलब्ध गराउँदै आएको छ।
क्उबचचयध ले वैदेशिक रोजगार विभागसँगको सहकार्यमा सुरु गरेको वैदेशिक रोजगारीमा जानु अघिको श्रम स्वीकृतिको विवरण क्ःक् मार्फत प्रमाणिकरण गर्ने प्रणालीले लाखौँ सोझासाझा वैदेशिक रोजगारीमा जाने कामदारलाई ठगीनबाट रोकेको छ। यो सेवा संचालनको सुरुवाती समयमा नै १० लाखभन्दा बढी विवरणहरु sms मार्फत प्रमाणिकरण हुन आएको थियो। यस कारण यो प्रविधि sparrow का लागि क्रान्तिका रुपमा स्थापना भई क्उबचचयध लाई दक्षिण एसियाकै उत्कृष्ट एमबिलियन्थ अवार्ड (mBillionth Award) समेत प्राप्त भएको छ।
त्यस्तै, sparrow ले ल्याएको एसएमएसबाटै कालीमाटी तरकारी बजारको थोक मूल्य थाहा पाउन सकिने सुविधाले दुर्गम क्षेत्रका किसानलाई आफ्नो जिल्लाका थोक खरिदकर्ताहरूबाट आफ्नो उत्पादनका लागि राम्रो मूल्यमा सम्झौता गर्न पनि सहयोग पुगेको थियो। Sparrow SMS द्वारा सुरु गरिएका केही अन्य उल्लेखनीय कामहरुमा एसएमएसमा लोडसेडिङ तालिका, एसएलसीरएसईई परिक्षाफल जाँच, मानव बेचबिखन जोखिम एसएमएस रिपोर्टिङ, एसएमएसमा–आधारित पशुपंक्षि व्यवस्थापन र रिपोर्टिङ प्रणाली, र स्कुले बालबालिकाको दिवा खाजा निगरानी प्लेटफर्म लगायत पर्छन्।
Sparrow SMS ले नेपालमा प्रतिवर्ष औसतमा २० करोड एसएमएस आदान प्रदान गर्दै आएको छ। नेपालमा २०७२ को भूकम्प गएको बेला क्उबचचयध ले गुगल पर्सन फाइन्डर (Google Person Finder) सेवासँग सहकार्य गर्नुका साथै ओपन सोर्स प्लेटफर्म उशाहिदि (Usahidi) सँग नेपालमा भूकम्पको समयमा राहत सामग्रीको मागरआपूर्ति डाटा भिजुअलाइजेशनका लागि समेत सहकार्य गरेको थियो। यसले राहत सामग्रीको न्यायोचित वितरणमा एक हदसम्म सहयोग गरेको थियो। यसै सेवाका लागि Sparrow SMS गुगल बिजनेस ग्रुपको ग्लोबल स्टोरीटेलिङ कन्टेस्टका लागि शीर्ष ५ फाईनलिस्टमा परेको थियो र गुगलको टोलीले यस कार्यको डकुमेन्ट्री भिडियो खिच्न नेपाल भ्रमण समेत गरेको थियो। गुगलले तयार पारेको उक्त भिडियो यो लिङ्कमा हेर्न सकिन्छ।
यस १३ वर्षको अन्तरालमा समय बदलिएको छ।
यसअघि धेरै सरकारी, गैर सरकारी तथा निजी संस्थाहरूसँग वेबसाइट पनि थिएन। आईसिटीमा राम्रो पहुँच थिएन र प्रविधिको सहि प्रयोग हुन सकेको थिएन। समयक्रमसँगै प्रविधिको विकास हुँदै जाँदा नयाँ व्यवसायहरु बजारमा स्थापित हुँदै गएका साथै निजी, सरकारी, गैर सरकारी सबै संघसंस्थाले sms र यसको प्रयोगको बारेमा जानकारी राखेको हामीले पाएका छौँ। बैंकिङ कारोबारका लागि इत्ए प्रमाणित गर्न वा कुनै पनि कारोबार को अलर्ट पठाउन का लागि होस्, या सानो किराना व्यवसायको कुनै नयाँ सामानको प्रचार गर्न होस्, smsले महत्वपूर्ण भूमिका खेल्ने गर्दछ। साथै, यस अन्तरालमा नेपालमा शत प्रतिशत मोबाईल प्रयोगकर्ता, र ७० प्रतिशत भन्दा माथि स्मार्टफोन र ईन्टरनेट प्रयोगकर्ता रहेको तथ्याङ्कले बताउँछ। यस कारण आउँदो दिनहरुमा व्यवसायहरुलाई आफ्ना sparrow ले बुझेको छ।
यहि बदलिँदो परिस्थितिलाई मध्यनजर गर्दै ले आफ्ना एसएमएस सेवाका अतिरिक्त भ्वाइस र भाइबर बिजनेस मेसेजिङ सेवाहरू आफ्नो प्लाटफर्ममा जोडेको छ। यी सेवाहरूको बढ्दो मागलाई सम्बोधन गर्दै Sparrow SMS ले विश्वव्यापी स्तरमा एसएमएस र इन्टरप्राइज मेसेजिङ प्लेटफर्महरू सुरु गर्ने तयारी गरिरहेको छ। यस विस्तारको उद्देश्य क्उबचचयध को प्लाटफर्मको दक्षता र विश्वसनीयता अब नेपालबाहिर र विश्वव्यापी प्रयोगकर्ताहरुमाझ पुर्याउनु हो।
प्रतिक्रिया