काठमाडौं । सरकारले लगानी सम्मेलनमा सहभागी हुने ४ सयभन्दा बढी विदेशी लगानीकर्तामाझ ३४ करोडको गोदावरी एकीकृत कृषि परियोजनादेखि साढे ३ खर्ब लागतको काठमाडौं पोखरा लुम्बिनी विद्युतीय रेलसम्मका आयोजना प्रस्तुत गर्ने भएको छ ।
चैत १५ र १६ गते काठमाडौंमा हुने सम्मेलनका लागि ६३ वटा आयोजना छनोट गरिएका छन् । जसमा सरकारी आयोजनाको लागत २४ खर्ब ९१ अर्ब १० करोड ३५ लाख ८० हजार तथा निजीतर्फका आयोजनाको लागत २ खर्ब ४ अर्ब २० करोड रहेको लगानी बोर्डले जनाएको छ ।
शाकेशमा राखिने आयोजना सरकारका ४६ वटा र निजी क्षेत्रका १७ वटा छन् । यीनको कुल अनुमानित लागत ३० खर्बभन्दा बढी छ । शाकेशमा १८ वटा जलविद्युत् आयोजना नै छन् ।
प्रतिक्रिया