Logo

सूचना/प्रविधि

वेस्टर्न युनियन मनी ट्रान्सफरको ‘दशैंमा दश गुणा’ योजना सार्वजनिक


GDP नेपाल
   ८ आश्विन २०८०, सोमबार


नेपाल वेस्टर्न युनियन मनी ट्रान्सफरले दशैं, तिहार र छठ पर्वलक्षित ‘दशैंमा दश गुणा’ योजना सार्वजनिक गरेको छ ।

सो योजनामा सामेल हुन सहभागीले नेपालका सबै ७७ जिल्लाहरुमा फैलिएका वेस्टर्न युनियन मनी ट्रान्सफर सेवाका १५ हजारभन्दा बढी भुक्तानी काउन्टरहरु मध्ये कुनैबाट आफ्नो रेमिट्यान्स प्राप्त गर्नुपर्नेछ । 

अभियान अवधिका प्रत्येक कारोबारहरु स्वतः रुपमा साप्ताहिक र बम्पर ड्रको लागि समावेश हुनेछन् । यो योजना देशभर ८ असोजदेखि सुरु भएर १० मंसिर २०८० सम्म लागू हुनेछ ।

यस योजना अन्तर्गत ८ हप्तासम्म ६४ भाग्यशाली ग्राहकहरुले २५ हजार रूपैयाँसम्मको कारोबारमा दुई गुणा र सो भन्दा बढीको कारोबारमा २५ हजार पुरस्कार पाउनेछन् ।

यसका साथै बम्परमा भाग्यशाली ग्राहकले एक लाख रूपैयाँसम्मको कारोबारमा दश गुणा प्राप्त गर्नेछन् भने ५० हजार भन्दा कम कारोबारमा निश्चित पुरस्कार ५ लाख रूपैयाँ प्राप्त गर्नेछन् ।

यदि विजेताको कारोबार रकम १ लाख रुपैयाँभन्दा बढी भएमा विजेताले निश्चित पुरस्कार रकम १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित : ८ आश्विन २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह