Logo

बैंक / बिमा /शेयर

‘आइएमई पे’ को ‘डिजिटल दसैँ तिहार’ अफर सार्वजनिक


GDP नेपाल
   १५ आश्विन २०८०, सोमबार


काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे ले’ ‘आइएमई पे डिजिटल दसैँ तिहार’ अफर ल्याएको छ ।

कम्पनीका अनुसार नेपालीहरुको महान चाड दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै यो अफर ल्याइएको हो । असोज १४ गतेदेखि सुरु भएको अफर मंसिर ३ गतेसम्म लागू हुने कम्पनीको भनाइ छ ।

उक्त अभियान अन्तर्गत हरेक दिन ५० जना भाग्यशाली सेवाग्राहीहरूले विभिन्न कारोबारको लागि क्यास ब्याकको प्रोमो कोड प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीले अल्टिमा लाइफ स्टाइलको गिफ्ट ह्यम्पर पनि प्राप्त गर्नेछन् । अन्त्यमा ८ जना भाग्यशाली विजेताले ५० हजार रुपैयाँ बराबरको सपिङ गिफ्ट ह्याम्पर प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : १५ आश्विन २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह