Logo

कर्पोरेट-बजार

सुनको मूल्यमा गिरावट, तोलाको कति ?


GDP नेपाल
   १६ आश्विन २०८०, मंगलबार


काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले घटेको जानकारी दिएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार १०० रुपैयाँ तय गरेको छ ।

हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ७ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा समेत गिरावट आएको छ । आज तोलामा ३० रुपैयाँले मूल्य घटेर प्रतितोला १३ सय १० रुपैयाँ तोकिएको छ । सोमबार चाँदीको कारोबार मूल्य तोलामा १३ सय ४० रुपैयाँ कायम थियो ।

प्रकाशित : १६ आश्विन २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह