Logo

कर्पोरेट-बजार

अलिबाबाको सेवा अब नेपालमै


appharu
   २७ बैशाख २०७५, बिहिबार


काठमाडौं । पाकिस्तान, बङ्लादेश, श्रीलङ्का, म्यानमार र नेपालको प्रमुख इ–कमर्स कम्पनी दराज ग्रुपले सो कम्पनी अलिबाबाले प्राप्ति (एक्विजिसन) गरेको र अब दराज अलिबाबा गु्रपको सदस्य भएको सार्वजनिक गरेको छ ।

यससँगै, दराजले अलिबाबाको प्रविधि, अनलाइन कर्मश संचलानमा भएको अनुभव र नेतृत्वलाई करिब ४६ करोड जनसङ्ख्या समेट्ने दक्षिण एसियाका ५ देशहरुमा आफ्नो बजारलाइ विस्तार गर्न प्रयोग गर्न सक्नेछ ।

दराज सन् २०१२ मा संस्थापना भई इ–कमर्स प्लेटफर्मको प्रमुख गन्तव्यको रुपमा स्थापित भएको छ । दराज हाल पाकिस्तान, बङ्लादेश, श्रीलङ्का, म्यानमार र नेपालमा संचालनमा छ । अलिबाबा गु्रप अन्तर्गत पनि दराज आफ्नै ब्रान्ड दराज सहित सञ्चालनमा हुनेछ ।

दराजका सह–प्रमुख कार्यकारी अधिकृत बिर्याके मिकेल्सनका अनुसार यस कारोबारसँगै दराजले अलिबाबा परिवारमा सदस्यता पाएको छ र हामी ‘जहाँ पनि व्यापार गर्न सहज पारौं’ भन्ने अभियानमा सहभागी हुन पाएको छ । “हामीले धेरै परिश्रम र सर्मपणका साथ दक्षिण एसियाका ५ देशहरुमा इ–कर्मशको यात्रा सुरु ग¥र्यौं, यद्यपि हामीले यी देशहरुमा इ–कर्मशमा पूर्ण क्षमताका साथ कार्य गर्न बाँकी नै छ,” उनले भने ।

दराजका सह–प्रमुख कार्यकारी अधिकृत, डा. जोनाथन डोअर भन्छन्, “हामी अलिबाबासँगको सहकार्यमा यस क्षेत्रका उद्यमीहरुको सशक्तिकरणमा सहयोग पुर्याउन र हामीले हाम्रा ग्राहकलाई सरलताका साथ गुणस्तरीय उत्पादनहरु उपलब्ध गराउन गरेको प्रतिज्ञा पुरा गर्न तत्पर छौँ । यसलाई उच्चस्तरको प्रविधि, बलियो संचालन संजाल र जोसिला स्थानीय समुदायको साथले सर्मथन गर्नेछ ।”

प्रकाशित : २७ बैशाख २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह