Logo

कर्पोरेट-बजार

आयल निगम व्यवस्थापनद्वारा ग्यास उद्यमीलाई सम्मान


GDP नेपाल
   १९ आश्विन २०८०, शुक्रबार


नेपाल एलपी ग्यास उद्योग संघका नवनिर्वाचित कार्यसमीतिलाई नेपाल आयल निगमका कार्यकारी निर्देशन एवं उच्च व्यवस्थापकहरुले हिजो एक समारोहकाबीच स्वागत एवं बधाई ज्ञापन गरेका छन् ।

एलपी ग्यास उद्योग संघको २८ औँ वार्षिक साधारण सभा तथा ११ औँ अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका शिव प्रसाद घिमिरेलगाएत कार्यसमीतिका १८ जनालाई निगमका कार्यकारी निर्देशक उमेश थानीले बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।

सो अवसरमा बोल्दै कार्यकारी निर्देशक थानीले मुलुकको कठिन परिस्थितिमा पनि ग्यास उद्यमीहरुले ग्यास आपूर्तीमा पुर्याएको योगदानको उच्च प्रशंसा गरे । उनले नयाँ कार्यसमीतिलाई निरन्तर सम्पर्कमा रहन पनि आग्रह गरे ।

थानीले स्वचालीत मूल्य प्रणाली लागु भएता पनि सोचे अनुरुप काम हुन नसक्दा निगमले १५ दिनमा ५२ करोड भन्दा बढी घाटा व्यहोर्नुपर्ने स्थितिको सृजना भएको जनाए । यसका साथै चाडपर्व नजीकिँदै गर्दा ग्यास आपुत्री व्यवस्थापनलाई चुस्त राख्न पनि थानीले ग्यास उद्यमीहरुलाई आग्रह गरे ।

यस्तै, सो अवसरमा एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव प्रसाद घिमिरेले ग्यास व्यवसाय निगमको अभिन्न अंग जस्तै भएको र यसको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धनमा निगमको अहम भूमीका रहने बताए ।

उनले एलपी ग्यास उद्योग संघ र आयल निगम सधैँ साथै रहने र निगमले चालेका कदममा आपसी छलपल र सहकार्यमा जोड दिँदै आफूहरु अघि बढ्ने बताए । 

प्रकाशित : १९ आश्विन २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह