Logo

कर्पोरेट-बजार

चेम्बर अध्यक्ष मल्ल नेपाल खुला विश्वविद्यालयको विद्या परिषद सदस्यमा नियुक्त


GDP नेपाल
   २१ आश्विन २०८०, आइतबार


नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल नेपाल खुला विश्वविद्यालयको विद्या परिषद सदस्य पदमा नियुक्त हुनुभएको छ । विश्वविद्यालयले व्यवस्थापन तथा कानुन संकाय विद्या परिषदको सदस्यमा अध्यक्ष मल्ललाई नियुक्त गरेको हो ।

नेपाल खुला विश्वविद्यालय शैक्षिक प्रशासन सम्वन्धि ऐन २०७४ बमोजिम अध्यक्ष मल्ललाई नियुक्त गरिएको विश्वविद्यालयले उल्लेख छ ।

विद्या परिषदले व्यवस्थापन तथा कानुन संकाय अन्र्तगत रहेर नयाँ शैक्षिक पेशागत एवं अनुसन्धान कार्यक्रम खोल्ने, समायोजन गर्ने वा खारेज गर्ने सम्वन्धमा आवश्यक निर्णय गर्ने छ । यस्तै स्वदेशी एवं विदेशी विश्वविद्यालयका शैक्षिक संस्थाहरुमा अनुसन्धान, पेशागत कार्यक्रम तय गर्ने कार्यविधी निर्धारण गरिएको छ ।

अध्यक्ष मल्लले खुला विश्वविद्यालयमा चेम्बरको गतिवधी, व्यापार अनुभव एवं अर्थतन्त्रको बारे विद्यार्थीहरुसंग अनुभव आदनप्रदान समेत गर्नुहुने चेम्बरद्धरा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित : २१ आश्विन २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह