Logo

बैंक / बिमा /शेयर

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा


GDP नेपाल
   २४ आश्विन २०८०, बुधबार


शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो।

बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको १०.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद लाभांश गरी कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।

हाल कम्पनीको चुक्तापुँजी ४ अर्ब २८ करोड ३८ लाख ८३ हजार २१३ रुपैयाँ रहेको छ।

प्रकाशित : २४ आश्विन २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह