Logo

बैंक / बिमा /शेयर

सिद्धार्थ बैंकको लाभांश घोषणा


GDP नेपाल
   २५ आश्विन २०८०, बिहिबार


सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई करसहित ४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांंश नियामक नेपाल राष्ट्र बैंक र सिद्धार्थको वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा भने १२.५० प्रतिशत बोनस सेयर र ०.६६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रकाशित : २५ आश्विन २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह