Logo

विकास / पूर्वाधार

विद्युत खरिद बिक्रीका लागि प्राधिकरण र नलगाड जलविद्युत् कम्पनीबीच सम्झौता


GDP नेपाल
   २६ आश्विन २०८०, शुक्रबार


नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेश र नलगाड हाइड्रोपावर कम्पनीबीच सम्झौता भएको छ । उक्त कम्पनीले निर्माण गर्न लागेको ताक्सुगाड जलविद्युत आयोजनाको विद्युत खरिद बिक्रीका लागि दुई निकायबीच सम्झौता भएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सात मेगावाटको उक्त आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रीय विद्युत् प्रसारण लाइनमा जोड्नका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको जानकारी दिनुभयो । ताक्सुगाड यसै आर्थिक वर्षमा निर्माण प्रक्रियामा जाने उहाँको भनाइ थियो । चार सय १७ मेगावाटको नलगाड जलविद्युत् आयोजना भने निर्माण प्रक्रियामा छ । दुवै आयोजना नलगाड नगरपालिकाभित्र पर्दछन् । नलगाड जलविद्युत् आयोजनाको डिपिआर सकिएसँगै निर्माण चरणमा जानका लागि प्रक्रियागत काम जारी छ ।

प्रकाशित : २६ आश्विन २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह