Logo

सूचना/प्रविधि

अनलाईन डेलिभरी सर्भिस ‘फेब बड’ सञ्चालनमा


GDP नेपाल
   ३० आश्विन २०८०, मंगलबार


अनलाईन डेलिभरि सर्भिस ‘फेब बड’ सञ्चालनमा आएको छ । यस डेलीभरी सर्भिसमामार्फत व्यवसायीले सहि समयमा तोकेकै ठाउँमा आफ्ना ग्राहकहरुलाई भरपर्दो र छिटो सामान पठाउन सक्नेछन् ।

फेब बड सञ्चालकका अनुसार यस सर्भिसले कुनै पनि समयमा पिकअप, तत्काल वितरण, किफायती वितरण शुल्क र उही दिन Cash On Delivery (COD) लगाएत विभिन्न सेवा प्रदान गर्दछ ।

फेब बड कसरी प्रयोग गर्ने ?

फेब बडको साथ जुडेर व्यक्तिगत तथा व्यापार वितरण गर्न एकदम सजिलो छ । यसका लागि तँपाईले प्लेस्टोरबाट Fab Bud एप डाउनलोड गर्नुहोस् र तपाईंको खाता दर्ता गर्नुहोस् । खाता दर्ता गरेपश्चात तँपाईले आफूलाई पाएक पर्ने सेवाहरू चयन गर्नुहोस् ।

१. पिकअप र ड्रप सिर्जना गर्नुहोस् ।
२. समर्पित डेलिभरी सवार बुक गर्नुहोस् ।
३. कुनै पनि स्टोरबाट खरीद गर्नुहोस् ।

यस पश्चात तँपाईको नजिकै रहेको फेब बडको डेलिभरी सवारीले तपाईंको अनुरोध स्वीकार गर्नेछ र तपाईंको पिकअप स्थानबाट पार्सल लिएर सिधा न्यूनतम समयमा डेलिभरी पुर्‍याउनेछ । यसका साथै यदि डेलिभरीमा केहि नगद छ भने, फेब बड सवारले सो रकम संकलन गरेर तपाईंको इ-सेवा, खल्ती, बैंकलगाएत अन्य विभिन्न सेवाहरुमा एकैदिनमा रकम स्थानान्तरण गर्दछ । फेब बड तपाईंका अर्डरहरू कुनै पनि समयमा भनेको ठाउँमा उचित शुल्कका साथ डेलिभर गर्न सधै तयार रहन्छ ।

फेब बडका विशेषताहरु
१. Fast Delivery 
२. वास्तविक समय Tracking
३. वितरण अनुसूची (Delivery Schedule) हेर्न मिल्ने
४. COD सेवा
५. डेलिभरी समयमा चालकसँग कुराकानी गर्न मिल्ने
६. डेलिभरी लिएको सवारीमा तँपाईको आफ्नै Tracking पृष्ठहरु
७. डेलिभरीमा लागेको समय रेखा हेर्न सकिने
८. यस एप मार्फत प्रत्यक्ष अर्डर गर्न सकिने

प्रकाशित : ३० आश्विन २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह