Logo

अर्थनीति

विद्युतीय व्यापारसम्बन्धी विधेयकको प्रतिवेदन पेस गर्न संसदीय समितिको निर्देशन


GDP नेपाल
   १३ कार्तिक २०८०, सोमबार


काठमाडौं । विधायन व्यवस्थापन समितिले विद्युतीय व्यापारसम्बन्धी विधेयक–२०८० को प्रतिवेदन समितिको आगामी बैठकमा पेस गर्न सचिवालयलाई निर्देशन दिएको छ ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकको निर्णय सुनाउँदै समिति सचिव मनोजकुमार गिरीले विधेयकको सम्बन्धमा दफावार छलफल सम्पन्न भएको भन्दै आगामी बैठकमा छलफलका लागि प्रतिवेदन पेस गर्न निर्देशन दिएको बताए ।

उनले भने ‘विद्युतीय व्यापारसम्बन्धी विधेयक, २०८० को सम्बन्धमा समितिले आज दफावार गरेको छ । सचिवालयलाई आगामी बैठकमा छलफलकालागि पेस गर्ने गरी प्रतिवेदन तयार गर्न निर्देशन दिने निर्णय भएको छ ।’

सचिव गिरीले सम्बन्धित निकाय, सम्बन्धित मन्त्रालय र कानुन मन्त्रालयसँगको समन्वयमा समिति सचिवालयले प्रतिवेदन तयार गर्ने र आगामी बैठकमा त्यसमाथि छलफल भई पारित हुने बताए ।

उनले भने, ‘सम्बन्धित निकाय, सम्बन्धित मन्त्रालय र कानुन मन्त्रालयसँगको समन्वयमा समिति सचिवालयले प्रतिवेदन तयार गर्छ अब र त्यही प्रतिवेदनलाई सम्भवत कात्तिक १६ गते बस्ने समितिको बैठकमा त्यसमाथि छलफल हुन्छ र पारित हुन्छ ।’

प्रकाशित : १३ कार्तिक २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह