Logo

अर्थनीति

प्रदेश १ मा अथाह सम्भावना : भवानी राणा


appharu
   २२ चैत्र २०७४, बिहिबार


जीडीपी नेपाल
विराटनगर, २२ चैत । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणाले प्रदेश १ वाह्य व्यापारका दृष्टिले मुलुककै सर्वाधिक महत्वको प्रदेश रहेको बताएकी छन् । विराटनगरमा आयोजित प्रादेशिक आर्थिक बहसलाई सम्बोधन गर्दै राणाले भारत, भुटान, बंगालादेश, चीन र पाकिस्तानसँग नजिक भएको एक नम्बर प्रदेशबाट वैदेशिक व्यापारको प्रशस्त संभावना रहेको बताइन् ।
अध्यक्ष राणाले आर्थिक समृद्धिको मुद्दालाई सरकारले बिषेश चासो दिनुपर्नेमा जोड दिइन् । सातवटै प्रदेश सरकारसँँग जस्तै एक नम्बर प्रदेशसँग पनि सहकार्य गर्न निजी क्षेत्र तयार रहेको उनको भनाइ छ ।
कार्यक्रममा एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले संभावनै संभावना भएकोले निजी क्षेत्रको साझेदारीमा लगानी भित्राएर एक नम्बर प्रदेशलाई समृद्धशाली बनाएर दुनियाँलाई देखाइदिने सरकारको चाहना रहेको बताए । मन्त्री राईले भने, एक नम्बर प्रदेश कृषी , पर्यटन , स्वास्थ्य, शिक्षा, सस्कृति सबै क्षेत्रको बिकासका लागि संभावनै सभावना भएको प्रदेश हो । यसैले निजी क्षेत्रको सहकार्यमा लगानी भित्रयाएर दुनियालाई देखाउनका लागि गर्नुपर्ने काम गर्न हामी तैयार छौ ।

मुख्य मन्त्री राइले आर्थिक बिकासका लागि आवश्यक नीति बनाउादा निजी क्षेत्रलाई पनि थिङटयाङका रुपमा प्रयोग गर्न प्रदेश सरकार तैयार भएको प्रतिबद्धता जनाए ।
महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालमा औधोगिक सुरुआत एक नम्बर प्रदेशबाटै भएकोले अब नीजि क्षेत्र र प्रदेश सरकार मिलेर औधोगिकरणको बिस्तारको थालनी पनि एक नम्बर प्रदेशबाटै गर्नुपर्नेमा जोड दिए।

उपाध्यक्ष किशोर कुमार प्रधानले निजी क्षेत्र नाफा मुलक भएकोले देशले कर धेरै प्राप्त गर्न सक्ने भएकोले लगानी मैत्री बतावरण आवश्यक भएको बताए । अर्का उपाध्यक्ष चन्द्रप्रसाद ढकालले लागानी मैत्री बतावरण , जग्गा प्राप्तिमा सहजता , बन्दहडताल निषेध र र निजी क्षेत्रसागको साझेदारीको आधार भएकोले एक नम्बर प्रदेश सरकारले बिशेष चासो दिनुपर्नेमा जोड दिए ।

सोही कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ र प्रदेश नं। १ सरकार बीच आर्थिक विकासका मुद्दामा महासंघ र प्रदेश सरकारबीच सहकार्य गर्ने सम्बन्धी एक सहमतीपत्रमा हस्ताक्षर भएको छ । सहमतीपत्रमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, महासंघकी अध्यक्ष भवानी राणा र प्रदेश नं १ का अध्यक्ष नरेन्द्रकुमार खड्काले सम्झौतामा हस्तक्षर गरेका हुन् ।

प्रकाशित : २२ चैत्र २०७४, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह