Logo

बैंक / बिमा /शेयर

सेयर बजार ओरालो लाग्नेक्रम जारी


appharu
   २७ बैशाख २०७५, बिहिबार


काठमाडाैं ।नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सेयर कारोबार ओरालो लाग्ने क्रम जारी रहेको छ । विहिबार कारोबार मापक सूचक ७.७० अंकले घटेको छ । बजार घटेपछि शेयर बजार १३४८.४५ अंकमा ओर्लिएको हो । ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.४८ अंकले घटेर २८४.५९ अंकमा झरेको छ । कारोबार सुरु भएको पहिलो २० मिनेट बजार सामान्य देखिएपनि त्यसपछि भने बजार घट्न थालेको थियो ।
कारोबारको पहिलो एकघण्टा बजार तीब्र गतिमा घटेको भएपनि त्यसपछि बजार सम्हालिएको थियो । करिब दुई बजेपछि थोरै बजार सुधारोन्मुख देखिएको तर बजार अन्तमा टिकाउ हुन नसक्दा घटेर बन्द भयो ।
बिहीबार नौ समूहको कारोबार भएको छ । जसमा सबै सूचक घटेका छन् । बैंक ३.३४, ट्रेडिङ ५.८३, होटल ३१.८२, विकास बैंक ५.६७, जलविद्युत २५.६३, फाइनान्स २.४१, बीमा ६९.२८, अन्य ६.४६ र लघुवित्त १४.४१ अंकले घटेका छन ्। १ सय ६१ कम्पनीका सात लाख ७३ हजार कित्ता शेयर ३५ करोड ८८ लाख रुपैयाँमा कारोबार भयो। सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको दुई करोड २२ लाख रुपैयाँको कारोबार भएको छ। समता माइक्रोफाइनान्सको शेयर मूल्य सबैभन्दा बढी बढ्दा समताका शेयरधनीले करिब ६ प्रतिशत कमाएका छन् भने नेरुड़े लघुवित्त विकास बैंकका शेयर धनीले करिब पाँच प्रतिशत गुमाएका छन् ।

प्रकाशित : २७ बैशाख २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह