Logo

विकास / पूर्वाधार

सेती नदीमा चार लेनको सिग्नेचर पुल शिलान्यास


GDP नेपाल
   ४ मंसिर २०८०, सोमबार


पोखरा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पोखराको सेती नदीमाथि बन्ने चार लेन ‘सिग्नेचर ब्रिज’ को सोमबार शिलान्यास गरेका छन् ।

एसियाली विकाश बैंक (एडिबी) को सहयोगमा बन्ने १ सय ९० मिटर लामो पुलको उनले शिलान्यास गरेका हुन् ।एक अर्ब १० करोड लागतमा उक्त पुलको निर्माण थालिएको हो । २०८२ भदौ मसान्तभित्र काम सक्नेगरी काम थालिएको जनाइएको छ ।

शिलान्यास कार्यक्रममा निर्माण ब्यवसायीले निर्धारित समयमा सिग्नेचर पुलको काम सक्ने प्रतिबद्धता जनाएका छन् ।

मन्त्री ज्वालाले निर्माण ब्यवसायी, सडक विभाग, आयोजना कार्यालयहरुलाई समयमै काम सक्नेगरी सक्रियता बढाउन निर्देशन दिए ।

उनले भने, ‘यो वा त्यो बहानामा काममा ढिलाई गर्न पाइँदैन, समयमै काम सक्नेगरी सवै पक्षले सक्रियता देखाउनुहोस् ।’

कार्यक्रममा कास्की क्षेत्र नं २ बाट निर्वाचित सांसद विद्या भट्टराईले पुल निर्माणमा आवश्यक सवै सहयोग गर्ने बताइन् ।

प्रकाशित : ४ मंसिर २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह