Logo

अर्थनीति

चार महिनामा आयात-निर्यात दुबै घट्यो, व्यापार घाटा ४ खर्ब ६१ अर्ब


GDP नेपाल
   ७ मंसिर २०८०, बिहिबार


चालु आर्थिक वर्षको चार महिनामा आयात र निर्यात दुबै घटेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको तथ्यांकअनुसार ५ खर्ब १२ अर्ब ५० करोड ३४ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत वर्षको सोही अवधिको तुलनामा आयात ३.७९ प्रतिशतले घटेको हो। गत वर्षको सोही अवधिमा ५ खर्ब ३२ अर्ब ६९ करोड १३ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

यस्तै, चार महिनाको अवधिमा निर्यात पनि घटेको छ । तथ्यांकअनुसार चार महिनामा ५० अर्ब ५६ करोड ५३ लाख रुपैयाँ वस्तु निर्यात भएको छ । गत वर्षको तुलनामा निर्यात ७.६८ प्रतिशतले घटेको हो । गत वर्षको सोही अवधिमा ५४ अर्ब ७७ करोड ४३ लाख रूपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

आयात र निर्यात दुवै घटेको अवस्थामा व्यापार घाटा ४ खर्ब ६१ अर्ब पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३. ३४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको पहिलो चार महिनामा व्यापार घाटा ४ खर्ब ७७ अर्ब ९१ करोड रुपैयाँ थियो ।

प्रकाशित : ७ मंसिर २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह