Logo

कर्पोरेट-बजार

नेपालमा खुल्यो रुवाण्डाको कन्सुलर अफिस, दुई देशबीच व्यापार विस्तारमा सहयोग


GDP नेपाल
   १९ मंसिर २०८०, मंगलबार


काठमाडौं । रुवाण्डाले नेपालका लागि आफ्नो कन्सुरल अफिस स्थापना गरेको छ । रुवाण्डा सरकारले उद्योगी प्रज्वलजंग पाण्डेलाई आफ्नो वाणिज्यदूत नियुक्त गर्दौ सोमबार एक कार्यक्रमबीच आफ्नो वाणिज्य दूतावासको स्थापना गरेको हो । 

रुवाण्डाको नेपाल हेर्ने राजदूत ज्याक्लिन मुकाङ्गिराले नेपालको लागि रुवाण्डा सरकारले प्रज्वलजंग पाण्डेलाई वाणिज्यदूतमा नियुक्त गरेकार आबका दिनमा दुई देशबीच व्यापार व्यवसाय विस्तारमा थप सहयोग पुग्ने बताईन् । साथै उनले कार्यक्रममा बोल्दै दुई देशबीचका उद्योगी व्यवसायीलाई एक आपसमा जोड्दै व्यापार व्यवसाय विस्तार गर्नका लागि समेत आग्रह गरिन् । 

यसैगरी कार्यक्रममा परराष्ट्र मन्त्री एनपी साउदले नेपालमा रुवाण्डाको वाणिज्य दूतावास स्थापानासँगै अबका दिनमा दुई देशबीचको व्यापार व्यवसायले थप गति लिने बताए । साथै उनले रुवाण्डाका उद्योगी व्यवसायीलाई नेपालमा आएर लगानी गर्न समेत आग्रह गरेका छन् । साथै नेपालमा रुवाण्डाको लगानी भित्र्याउनका लागि नेपाल सरकारले सहयोग र सहजिकरण गर्ने समेत उनले प्रतिवद्धता जनाएका छन् । 

यसैगरी नेपालमा प्राथमिकताप्राप्त क्षेत्रमा रुवाण्डाको लगानी भित्र्याउन आफुले सक्दो पहल गर्ने नवनियुक्त वाणिज्यदूत प्रवलजंग पाण्डेले बताए । विशेषगरी दुई देशबीच कृषि, पर्यटन र हवाई उड्यनमा व्यापार विस्तार तथा लगानी भित्र्याउन आफुले पहल गर्ने समेत उनले जानकारी दिए ।  

कार्यक्रममा परराष्ट्र मन्त्री साउदका साथै उपसभामुख इन्दिरा राना, प्रतिनिधिसभाका सांसद तथा अन्य उद्योगी व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

3f2b5549-bb66-44e1-a473-0e6666a67865.jpg

प्रकाशित : १९ मंसिर २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह