Logo

सूचना/प्रविधि

म्याक्स नेट सल्युसन्सको अनुमतिपत्र खारेज


gdpnepal
   ४ पुस २०८०, बुधबार


काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनी म्याक्स नेट सल्युसन प्रालिको अनुमतिपत्र खारेज गरेको छ ।

प्राधिकरणका अनुसार इन्टरनेट (इमेल सहित)को दूरसंचार सेवा संचालन गर्न अनुमतिपत्र प्राप्त गरेको म्याक्स नेट सल्युसनले तोकिएको समयावधि भित्र नवीकरण वापतको दस्तुर दाखिला गरि अनुमतिपत्र नवीकरणको लागि निवेदन पेश नगरेकोले अनुमतिपत्र खारेज गरिएको हो ।

म्याक्सले २०७६ मंसिर ६ गते यो सेवाका लागि अनुमति पाएको थियो भने २०८० मंसिर ६ गते म्याद सकिएसँगै अनुमतिपत्र खारेज गरिएको हो ।

म्याक्ससँगै युनाइटेड टेलिकम र चितवन नेटवर्क प्रालिको पनि अनुमतिपत्र खारेजीमा परेको छ ।

दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम यी कम्पनीको अनुमतिपत्र स्वतः खारेज भएका हुन् ।

प्राधिकरणले यी संस्थाहरुलाई नियमानुसार तिर्न तथा बुझाउन पर्ने रकम एवं दस्तुर तथा विवरणहरु ३० दिन भित्र प्राधिकरणको कार्यालयमा सम्पर्क गरी तिर्न तथा बुझाउन सूचित गरेको छ ।

अन्यथा प्रचलित कानून अनुसार कारवाही प्रक्रिया अगाडी बढाईने प्राधिकरणको भनाइ छ ।

प्रकाशित : ४ पुस २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह