Logo

Sub-banner

पशुपति क्षेत्र विकास कोषको विज्ञमा अशोक सिलवाल नियुक्त


GDP नेपाल
   ५ पुस २०८०, बिहिबार


काठमाडौँ । लाङटाङ सद्भावना दूतसमेत रहेका पत्रकार अशोक सिलवाल पशुपतिमा विज्ञ नियुक्त भएका छन् । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले सिलवाललाई विज्ञ नियुक्त गरेको हो ।

नेपाल सरकारको नीति अनुसार भगवान् पशुपतिनाथको महामहिमाबारे अन्तर्राष्ट्रिय प्रचारप्रसार, धार्मिक आध्यात्मिक एवम् सांस्कृतिक धरोहर तथा विशिष्टिकृत अध्ययन केन्द्रको रूपमा पशुपति क्षेत्रको विकास, संरक्षण, संवर्द्धन आदिका लागि सिलवाललाई नियुक्त गरेको कोषले जनाएको छ ।

‘अध्यात्म र आस्थाको महानतम् केन्द्र पशुपतिसँग जोडिएर सकेको योगदान गर्ने अवसर पाउँदा उत्साहित छु, नेपालको प्रकृति र संस्कृतिका सुन्दर पक्षहरूलाई अनेक भाव र भूमिकामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रचारप्रसारमा सक्रिय सिलवालले भने ।

कन्फिडिरेसन अफ एशियन जर्नालिस्ट युनियनका उपाध्यक्ष सिलवाल पर्यटन प्रशिक्षक समेत हुन् । कलम, लेखक दुनियाँ, श्रीलङ्का स्मृतिलगायतका पुस्तकका लेखक सिलवाल गाउँ पर्यटन प्रवर्धन मञ्च नेपालका सल्लाहकार समेत हुन् ।

पत्रकारिता र पर्यटनमा उत्तिकै सक्रिय सिलवालले २०७२ को विनाशकारी भूकम्पसँगै आएको हिमपहिरोले मानवविहीन बनेको लाङटाङमा पहिलो पत्रकारको रूपमा पैदलै पुगी ‘घर फर्किरहेका मान्छे’ र ‘वेकिङ एन्ड वाकिङ’ शीर्षकमा दुई वृत्तचित्र निर्माण गरेका थिए ।

प्रकाशित : ५ पुस २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह