नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको हो ।
गभर्नर अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चूडामणि भण्डारीले बिहीबार सर्वोच्चमा रिट दर्ता गरेका थिए । उनीहरुले गर्भनर अधिकारी उक्त पदका लागि योग्य नरहेको दाबी गरेका छन् ।
अब मुद्दा दर्ता गर्ने र गभर्नर दुवै पक्षले अदालतमा उपस्थित भएर आ–आफ्ना तर्क र प्रमाण पेश गर्नेछन् ।










प्रतिक्रिया