Logo

विकास / पूर्वाधार

ट्रंकलाइन महशुल विवादमा मेरो नैतिक समर्थन विद्युत् प्राधिकरणप्रति छः मुकेश काफ्ले


gdpnepal
   १३ पुस २०८०, शुक्रबार


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक मुकेश काफ्लेले ट्रंकलाइन महशुल विवादमा आफ्नो नैतिक समर्थन विद्युत् प्राधिकरणप्रति रहेको बताएका छन् ।

शुक्रबार सामाजिक सञ्जाल एक्स (ट्वीटर)मा उनले आफ्नो समर्थन प्राधिकरणप्रति रहेको जनाएका हुन् ।

यद्यति, बिहीबार प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले उठाएका विषयप्रति भने उनले असहमति जनाएका छन् ।

बिहीबारको पत्रकार सम्मेलनमा कुलमानले विगतमा जस्तै ‘जस लिने, दोष पन्छाउने’ काम गरेको उनी बताउँछन ।

“पत्रकार सम्मेलनमा कार्यकारी निर्देशकले धेरै असान्दर्भिक विषय उठान गरी ९९ प्रतिशत झुट बोलेछन्,” काफ्लेले भनेका छन्, “त्यसप्रति भने खेद छ ।”

काफ्लेले तथ्य, तथ्याकं, विधि, नियम, कानून भन्दा ‘भावना र इमोसन’ को सहारा कुलमानले लिएको जनाएका छन् ।

हेर्नुस्, काफ्लेको पोष्टः

प्रकाशित : १३ पुस २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह