नेपाल एसबीआई बैंकको ३०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्षको नाफाबाट बैंक सञ्चालक समितिले प्रस्ताव गरेको १०.५५ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ ।
साथै, सभाले बैंकको आर्थिक वर्ष २०७९/८० को संचालक समितिको प्रतिवेदन, सोही वर्षको लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ ।
आर्थिक वर्ष २०७९/८० वार्षिक आर्थिक विवरण, २०७९/८० को नाफानोक्सान हिसाब र सोही अवधिको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत० पारित गरेको छ ।
साधारण सभाले बैंकको सहायक कम्पनी ‘नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि’ को आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।
सभाले बैंकको प्रबन्धपत्रको विभिन्न दफामा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ । साथै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ ।
प्रतिक्रिया