Logo

विकास / पूर्वाधार

विद्युत् महसुल नतिर्ने ९ सामुदायिक वितरक संस्थालाई कारबाही गर्ने प्राधिकरणको चेतावनी


GDP नेपाल
   ३ माघ २०८०, बुधबार


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सामुदायिक वितरक संस्थाहरुलाई विद्युत महसुल भुक्तानी गर्न निर्देशन दिएको छ ।

एक सूचना जारी गर्दै प्राधिकरणले पोखरिया वितरण केन्द्र पर्सा अन्तर्गत कायम रहेका ९ वटा सामुदायिक वितरक संस्थाहरुलाई विद्युत महसुल भुक्तानी गर्न निर्देशन दिएको हो ।

प्राधिकरणले देकुली विद्युत उपभोक्ता समिति, देउराली विद्युत उपभोक्ता समिति, पारसनाथ विद्युत उपभोक्ता समिति, शिवशक्ति विद्युत उपभोक्ता समिति धोरे विद्युत उपभोक्ता समिति, विद्युत उपभोक्ता समिति, उजाला विद्युत उपभोक्ता समिति, जीवनज्योति विद्युत उपभोक्ता समिति र प्रकाश विद्युत उपभोक्ता समितिलाई पोखरिया वितरण केन्द्रमा ३५ दिनभित्र बक्यौता महसुल बुझाउन सूचना जारी गरेको छ ।

सो समयभित्र बक्यौता महसुल नबुझाएमा सामुदायिक ग्रामीण विद्युतीकरण विनियमावली २०७१ को विनियम २८ को प्रावधान बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।

 

प्रकाशित : ३ माघ २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह