Logo

बिजनेस होम

विप्लब कार्यकर्ताद्वारा २ भारतीय ट्रकमा आगजनी, चितवनको भाटभटेनीमा बम विस्फोट


appharu
   ३० बैशाख २०७५, आइतबार


काठमाडाैं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भारतीय नम्वर प्लेटका २ वटा ट्रक आज विहान ३ बजे आगजनी गरेको छ ।

बन्द दिनमा सवारी चलाएको भन्दै धादिङबेशी नगरपालिकाको धार्के बजारमा क्लिंकर बोकेका ट्रक पार्टीले जनाएको हो । ती ट्रकले मंगलम सिमेन्ट उद्योगका लागि भारतबाट क्लिंकर ल्याएका थिए । भारतसँग नेपालले गरेको अरुण तेस्रो जलविद्युत आयोजनाको सम्झौताको विरोध स्वरुप विप्लव समूहले आइतबार नेपाल बन्दको आव्हान गरेको छ ।

बन्दका कारण धादिङबाट काठमाडौं, पोखरा, चितवन लगायत स्थानमा जाने साना तथा ठुला गाडीहरु बाटोमै रोकिएका छन् । आइतबार बिहान २० चक्के ट्रकमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । आगलागीबाट आर जे ४२ जी ए ५०२१ र आर जे ४२ जी ए ०७५६ नम्बर प्लेटको ट्रक पूर्णरुपमा क्षतीग्रस्त भएका छन् ।

बजार क्षेत्रमै आगो लागेपछि स्थानीयबासी त्रसित भएका छन् । नेपाल प्रहरी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् । आगो निभाउन काठमाडौंबाट दमकल मगाइएको छ ।

आजै विप्लव कार्यकर्ताले चितवनस्थित भाटभटेनी सुपरमार्केटमा बम विस्फोट गराएका छन् । विस्फोटका कारण भाटभटेनीको अगाडिको भागको सीसा फुटेको छ ।

चितवनका प्रहरी प्रमुख दीपक थापाका अनुसार बिहान साढे ३ बजेतिर मोटरसाइकलमा आएका दुई जनाले ग्रिनेट बम विस्फोट गराएको थियो ‘बम पड्काउनेको पहिचान भइसकेको छ । उनीहरुको खोजीकार्य तीव्र पारिएको छ,’ थापाले भने । उनीहरुको पहिचान सीसी क्यामेराबाट भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : ३० बैशाख २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह