Logo

बिजनेस होम

होटल अकामाले अमेरिकी ब्राण्ड ‘रमदा’ को फ्रेन्चआइज लिने


GDP नेपाल
   १८ माघ २०८०, बिहिबार


काठमाडौँ । काठमाडौँको धुम्बाराहीमा विगत ४ वर्षदेखि सञ्चालनमा रहेको तारे होटल अकामाले प्रसिद्ध अमेरिकी ब्राण्ड रमदाको फ्रेन्चआइज लिने भएको छ । बुधबार सम्पन्न एक कार्यक्रममा अकामा होटल र विश्व विख्यात ब्राण्ड रमडाबीच यस सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

अकामा होटलको व्यापार प्रवर्द्धन तथा व्यवसायिक विस्तारका लागि अर्न्तराष्ट्रिय स्तरको लोकप्रिय तथा प्रतिष्ठित चेन होटेल रमडासँग फ्रेनचाईजीका लागि सम्झौता गरिएको होटलका सहायक सेल्स एण्ड मार्केटिङ म्यानेजर सुदिप बज्राचार्यले बताएका छन् ।

सानिमा ग्रुपबाट सञ्चालित होटल अकामा सन् २०१९ फेब्रुअरीबाट औपचारिक रुपमा सञ्चालनमा आएको हो । सुरुमा चार तारे होटलको रुपमा सञ्चालित होटल २०८० मंसिर २९ गते पाँचतारे होटलमा स्तरउन्नती भएको हो । थप म्यानेजमेन्टसहितको विश्वस्तरिय ब्राण्ड ‘रमदा वाई वाइनहेम’ को सहयोगले होटलको व्यावसायिक तथा ख्याती उच्च हुने सानिमा ग्रुपले विश्वास व्यक्त गरेको छ ।

रमदासँगको साझेदारीले होटलको स्तरउन्नतीसँगै नेपालको पर्यटन, होटल तथा हस्पिट्यालिटी क्षेत्रमै थप योगदान पुग्न गई पर्यटन प्रवद्धनमा महत्त्वपूर्ण टेवा पुग्ने र विश्व बजारमा नेपालको प्रचारप्रसारमा समेत मद्दत पुग्ने कम्पनीको विश्वास छ।

९ रोपनी क्षेत्रफलमा फैलिएको होटल अकामा सुपेरीयर–९५, डिलक्स ६, डिलक्स स्विट ४, फेमिलि स्विट २, प्रेसिडेन्टल स्विट १ गरी जम्मा १०८ कोठाहरु रहेका छन् । जसमा २०० बेड रहेका छन् ।

न्यूनतम २० देखी ६५० जनासम्म कभर गर्ने विभिन्न किसिमका ५ वटा हलहरु रहनुकासाथै होटलमा स्पेशल रेष्टुरेष्टसहित तिन वटा रेष्टुरेण्टहरु छन् ।

आउटडोर स्वमिङ्ग पुन, जिम, स्टिम, साउना, ज्याकुजी र स्पा होटलमा उपलब्ध छन् । होटलमा हाल १३० जनाले प्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन् ।

होटसमा दुई तले बेसमेन्ट सहितको पर्याप्त पार्किङ सुविधा समेत रहेको छ। त्रिभुवन इन्टरनेशनल एयरपोर्ट, पशुपतीनाथ, बौद्ध स्तुपा, बुढानिलकण्ठ मन्दिर दरबार स्क्वायर स्वयम्भूनाथ स्तुपा तथा ठमेल लगायतका प्रमुख पर्यटकीय गन्तब्य स्थलहरुको मध्यभागमा रहेको यो होटल रिङ रोडको मध्य भागमा अवस्थित छ ।

करिब २ अर्ब ५ करोड लागत रहेको होटल अकामाले निकट भविष्यमा नै सर्वसाधारण जनतामा प्राथमिक सेयर ९आईपीओ० समेत जारी गर्ने तयारी गरेको छ ।

प्रकाशित : १८ माघ २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह