Logo

कर्पोरेट-बजार

ओरियन्टल होटल्सको नाफा ४६.२४ प्रतिशतले बढ्यो


GDP नेपाल
   २८ माघ २०८०, आइतबार


ओरियन्टल होटल्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार होटलले ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ४६.२४ प्रतिशत धेरै हो । गत वर्ष यसले ३ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

पुस मसान्तसम्म ओरियन्टलले पर्यटन व्यवसायबाट कुल ५६ करोड १ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष होटलले पर्यटन व्यवसायबाट कुल ४३ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ ।

ओरियन्टलले पुस ९ करोड ६३ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । गत वर्ष यसले ७ करोड १२ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो । हाल यसको चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा २ अर्ब ७३ करोड रुपैयाँ छ । गत वर्ष रिजर्भ कोषमा ९० करोड ८० लाख रुपैयाँ रहेको थियो ।

ओरियन्टलको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७४ पैसा र प्रतिसेयर नेटवर्थ ३४२ रुपैयाँ ५८ पैसा रहेको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी ३ रुपैयाँ २४ पैसा र प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ४९ पैसा रहेको थियो ।

प्रकाशित : २८ माघ २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह