Logo

कर्पोरेट-बजार

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो


GDP नेपाल
   २९ माघ २०८०, सोमबार


काठमाडौं । साताको दोस्रो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहँदा चाँदीको भाउ तोलामा पाँच रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आइतबार पाँच सय रुपैयाँले घटेको थियो । आज तेजाबी सुन आइतबारकै मूल्यमा अर्थात्, तोलामा १ लाख १७ हजार ४ सय ५० रुपैयाँमै कारोबार भैरहेको छ ।

यस्तै, शुक्रबारको तुलनामा स्थिर आइतबार चाँदीको मूल्य आइतबार प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएकोमा आज पाँच रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रकाशित : २९ माघ २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह