Logo

कर्पोरेट-बजार

२२ प्रतिशतले बढ्यो चन्द्रागिरी हिल्सको खुद नाफा


GDP नेपाल
   २९ माघ २०८०, सोमबार


चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार हिल्सले दोस्रो त्रैमाससम्ममा ६ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको यसै अवधिको तुलनामा कम्पनीको नाफा २२.०७ प्रतिशतले बढेको हो । गत वर्षको यसै अवधिमा कम्पनीले ५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

त्यस्तै, समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १२.०७ प्रतिशत र कुल आम्दानी ११.८६ प्रतिशत बढेको छ। कम्पनीको कुल खर्च २६.४३ प्रतिशत बढेको छ भने वित्तीय खर्च ४.८५ प्रतिशत घटेको छ। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख रुपैयाँ रहेको छ ।

कम्पनीको जगेडा कोष भने १६ करोड ७३ लाख रुपैयाँ ऋणात्मक रहेको छ। नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ४८ पैसा बढेर ८ रुपैयाँ १९ पैसा पुगेको छ।

पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ८९ रुपैयाँ ९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १११.७९ गुणा रहेको छ।

प्रकाशित : २९ माघ २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह