ग्लोबल आइएमई बैंक लिमिटेडले पाँचथरको फिदिम नगरपालिका-१२, डेरी बजारमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ।
फिदिम नगरपालिकाका उपमेयर राधाकृष्ण न्यौपाने, वडाध्यक्ष कमलप्रसाद चापागाईं र बैंकका सहायक महाप्रबन्धक दिलीप पोखरेलले शाखारहित बैंकिङ्ग सेवाको संयुक्त रूपमा उद्घाटन गरेका छन्। शाखा रहित बैंकिङ्ग सेवाबाट ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधि मार्फत विभिन्न कारोबार गर्न सक्नेछन्।
यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी लगायत सेवा उपलब्ध छन्। यससँगै बैंकको शाखारहित बैंकिङ्ग सेवाको संख्या २७५ पुगेको छ।
प्रतिक्रिया