Logo

Uncategorized

सिटी एक्सप्रेसले गर्‍यो योजनाको उपहार हस्तान्तरण


GDP नेपाल
   ११ फाल्गुन २०८०, शुक्रबार


सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी पठाऔँ, पठाको भन्दा १० गुणा बढी पाऔंँ’ नामक योजनाको उपहार हस्तान्तरण गरेको छ । कम्पनीले योजनामा सहभागी भएर साउदी अरबबाट नेपाल रकम पठाएका राजु तामाङलाई पठाएको रकमको पाँच गुणाउपहार रकम हस्तान्तरण गरेको हो ।

तामाङले पाँच लाख ३० हजार सात सय ५० रुपैयाँ प्राप्त गरेको कम्पनीले जनाएको छ । त्यस्तै, दक्षिण कोरियाबाट रकम पठाएका सुवास लिम्बूलाई पनि एक लाख रुपैयाँ हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले दसैँ, तिहार र छठलाई लक्षित गर्दै गत असोज १५ देखि मंसिर १५ गतेसम्म सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्फत विदेशबाट नेपाल पैसा पठाएकाहरुलाई योजनामा सहभागी गराएको थियो ।

कम्पनीले उक्त योजनामा लक्की ड्रमार्फत हरेक महिना एकजनालाई एक लाख रुपैयाँ, हरेक हप्ता पाँचजनालाई जनही २५ हजार रुपैयाँका साथै ६१ दिन लगातार हरेक दिन सयजना विजेतालाई जनही पाँच सय रुपैयाँको वालेट टप अप र एकजना भाग्यशाली विजेतालाई पठाएको रकमको पाँच गुणा दिने योजना ल्याएको थियो ।

उपहार हस्तान्तरण कार्यक्रममा सिटीको साझेदार साउदीस्थित टेलिमनी बैंकका फाहाद अब्दुल्लाह अल्जोवैद, नेपाली चर्चित हाँस्य कलाकार साथै कम्पनीका ब्राण्ड एम्बेसडर जितु नेपाललगायतको उपस्थिति थियो । सिटी एक्सप्रेसले विगत १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै कम्पनीले पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।

प्रकाशित : ११ फाल्गुन २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह