काठमाडौं । प्रभु बैंकले एकैसाथ चार शाखा खोलेको छ । बैंकmे बाग्लुङ जिल्लाको निसीखोला गाउँपालिका वडा नं. ४, बाग्लुङ जिल्लाकै तमानखोला गाउँपालिका वडा नं. १, दैलेख जिल्ला भगवतीमाई गाउँपालिका वडा नं. २ र दैलेख जिल्ला गँुरास गाउँपालिका वडा नं. ४ गरी ४ वटा शाखा कार्यालय आइतबारदेखि सञ्चालनमा ल्याएको हो ।
बैंकको निसीखोला शाखा, तमानखोला शाखा, भगवतीमाई शाखा र गँुरास शाखाको उद्घाटन सम्बन्धित गाउँपालिकाका अध्यक्ष क्रमशः तारानाथ पौडेल, जोकलाल बुढा, दानबहादुर थापा र खेमराज ओलीले गरेका छन् ।
शाखा कार्यालय उद्घाटन कार्यक्रममा सम्बन्धित जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, विभिन्न राजनैितक दलका प्रतिनिधि, उद्योग वाणिज्य संंघका पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
सञ्चालनमा आएका बैंकका निसीखोला शाखा, तमानखोला शाखा, भगवतीमाई शाखा र गँुरास शाखा कार्यालयहरूबाट त्यहाँका स्थानीय सेवाग्राही, सर्वसाधारणहरू, उद्यमी, व्यवसायी तथा संघ संस्थाहरूले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने छन् र चारैवटा गाउँपालिकको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
प्रतिक्रिया