Logo

बैंक / बिमा /शेयर

आज अमेरिकी डलर स्थिर हुँदा पाउण्डको भाउ बढ्यो


GDP नेपाल
   २६ फाल्गुन २०८०, शनिबार


काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार)को लागि विदेशी मुद्राको विनिमय दर तोकेकोे छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर हिजोको तुलनामा स्थिर रहेको छ । आज डलर एकको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा कायम छ ।

युरो एकको खरिद दर १४४ रुपैयाँ ५० पैसा र बिक्री दर १४५ रुपैयाँ १६ पैसा तोकिएको छ । शुक्रबार युरो एकको खरिद दर १४४ रुपैयाँ ३ पैसा र बिक्री दर १४४ रुपैयाँ ६८ पैसामा कारोबार भएको थियो ।

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ५५ पैसा तोक्दा बिक्री दर १७० रुपैयाँ ३२ पैसा पुगेकोछ छ । हिजो बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६२ पैसा तोक्दा बिक्री दर १६९ रुपैयाँ ३९ पैसा कायम थियो ।

आज कतारी रियाल हिजोको तुलनामा स्थिर छ । रियाल एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको छ ।

प्रकाशित : २६ फाल्गुन २०८०, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह