Logo

विकास / पूर्वाधार

माथिल्लो इङवा जलविद्युत आयोजन राष्ट्रिय प्रसारण लाइनमा जोडियो


GDP नेपाल
   १३ चैत्र २०८०, मंगलबार


काठमाडौं । इङवा हाइड्रोपावर लिमिटेडले निर्माण गरेको ९.७ मेगावाट क्षमताको माथिल्लो इङवा जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी चैत्र १० गते अर्थात शनिवार राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

आयोजनाले आफ्नो विद्युत गृहको प्राङगणमा समुदघाटन समारोह आयोजना गरि स्थानीयहरुको उपस्थितिमा भएको कार्यक्रममा कम्पनीका सम्पुर्ण संचालकहरुको उपस्थिमा थियो ।

पाँचथर तथा ताप्लेजुङको सिमाना भई बहने इङवा खोलामा ९.७ मेगावाटको विद्युत शक्ति उत्पादन गरेर १६ किलोमिटर लामो ३३ केभी ट्रान्समिसनलाईनको माध्यमबाट कम्पनीको पावरहाउस आँपडाडावाट हिलिहाङ गाँउपालिका वडा नम्बर १ मा रहेको नेपाल विद्युत प्राधिकरणको अमरपुर सवस्टेशनमा जडान गरिएको छ ।

२०७८ साल श्रावण २३ गतेवाट कम्पनीले यो आयोजना निमार्ण कार्य थालनी गरी मिति २०८० साल चैत्रमा निमार्ण कार्य पुरा गरेको छ । आयोजना निर्माण सम्पन्न गर्नका लागि जम्मा १९४ करोड लागत लागेको छ जसमध्ये संथापक तथा सर्वसाधारणको शेयर लगानी वाट ३० प्रतिशत लगानी र वाँकी ७० प्रतिशत नविल वैंक लिमिटेडको एकल लगानीबाट सम्पन्न गरिएको छ ।

आयोजना याँङवारक गाँउपालिका २ मा वाँधस्थल र वडा नं ३ मा पावरहाउस रहेको छ । यस आयोजनाको नेटहेड १८९ मिटर रहेको छ र यसमा ४.५ किलोमिटर लामो फलामको पेनस्टक पाइपको माध्यमबाट पावरहाउसमा पानि खसालि विद्युत उत्पादन गरिएको छ । आयोजनाको सिभिल निर्माणको कार्य मध्ये पावरहाउसको काम लटिनाथ कन्सट्रसन कम्पनी र इन्टेक तथा पाईप एलाईनमेण्ट मकालु डेभलपर्स लिमिटेडले गरेको हो ।

आयोजनाको हाइड्रोमेकानिकलको काम अपि हाईड्रोमेकानिकल लिमिटेडले सम्पन्न गरेको हो । यस आयोजनामा जडित इलेक्ट्रोमेकानिकल तर्फका मेसिन तथा उपकरणहरु यूरोपियन प्रविधिको छनौट गरी जेपट हाईड्रो अस्ट्रियाबाट खरिद गरिएको कुरा कम्पनीका कार्यकारी संचालकसतिस न्यौपानेले जानकारी दिए ।

जेपट हाईड्रो अस्ट्रियावाट आयात गरिएको टर्वाइन र गामेशा स्पेनवाट आयात गरिएको जेनेरेटर राखिएको छ भने कन्ट्रोल रुममा राखिएका प्यानलवोर्डहरु क्रोएसीयाको प्रो–इन्ट्रीगिस कम्पनीवाट आयात गरिएको समेत न्यौपानेले जानकारी गराए ।

कम्पनीमा अपी पावर कम्पनी लिमिटेडको वहुमत शेयर लगानी रहेको छ भने गुरु प्रसाद न्यौपानेको अगुवाईमा प्रवद्र्धन गरिएका न्यौपाने समूहको अगुवाईमा रहेका आयोजनाहरुको संख्या १६ पुगेका छन् । उत्पादित विद्युत अमरपुर सवस्टेशनमा जडानगरी आरपुर–दमक १३२ केभि ट्रान्समिसनलाईनमार्फत नेपाल अधिराज्यभर आपूर्ति भएको छ ।

प्रकाशित : १३ चैत्र २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह