Logo

बैंक / बिमा /शेयर

सलिकोद्वारा सौराहामा दुई दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न


GDP नेपाल
   १३ चैत्र २०८०, मंगलबार


चितवन । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले बिभिन्न शाखा कार्यालयमा कार्यरत कर्मचारीहरुको पेशागत दक्षता अभिवृद्धिको लागि सौराहमा दुई दिवशीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले नेपाल बीमा प्राधिकरणको प्रचलित निर्देशिकाको कार्यान्वयन गर्दै आफ्ना कर्मचारीको क्षमता अभिवृद्धिलाइ मध्यनजर राख्दै प्रशिक्षण कार्यक्रम संचालन गरेको हो । उक्त कार्यक्रममा सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री, क्लस्टर प्रमुख मछिन्द्र बोगटीका साथै केन्द्रिय कार्यालबाट प्रशिक्षणको लागि गएका प्रशिक्षकहरुले मार्केटिङ, अण्डरराईटिङ, दावी, मानव संसाधन, ब्राण्डिङ, लेखा र ग्राहक सेवा लगायतका बिषयहरुमा प्रस्तुतिकरण दिएका थिए ।

उक्त प्रशिक्षणबाट नविन ज्ञान र उत्साहको सञ्चार भएको सहभागीहरुले प्रतिक्रिया दिएका छन् । मर्जरसँगै कम्पनीले बजार बिस्तारलाई पहिलो प्राथमिकता दिएको र बजार बिस्तारमा सबै भन्दा ठुलो भुमिका कर्मचारीहरुकै हुने हुँदा कम्पनीले केन्द्रमा रहेका कर्मचारीलाई मात्रै नभई प्रदेश स्तरका कर्मचारीलाई पनि उतिकै दक्ष बनाउने रणनीतिका साथ प्रशिक्षण दिएको जनाएको छ ।

 

प्रकाशित : १३ चैत्र २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह