Logo

बैंक / बिमा /शेयर

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरमा मनोज गजुरेल


GDP नेपाल
   २० चैत्र २०८०, मंगलबार


प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो ब्राण्ड एम्बेसडरमा कलाकार मनोज गजुरेललाई नियुक्त गरेको छ ।

मंगलबार एक कार्यक्रमकाबीच प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई तथा कलाकार गजुरेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रसाईले कला र हास्यव्यंग्य क्षेत्रका नक्षत्रलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ‘ब्राण्ड एम्बेसडर’ नियुक्त गर्न पाउँदा निकै गौरवान्वित भएको बताए । कलाकारिताको माध्यमबाट जनमानसमा बस्न सफल गजुरेलको कम्पनीसँगको आवद्धताले कम्पनीको प्रचार प्रसारमा विशेष उचाइ लिने प्रसाईले विश्वास व्यक्त गरे ।

त्यस्तै, कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेसडर गजुरेलले जीवन बीमा जस्तो पवित्र कार्यमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्ससँग सहकार्य गर्न पाउँदा निकै खुसी भएको बताए ।

सम्झौतापछि गजुरेलले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सेवाहरुको प्रचारात्मक कार्य, कार्पोरेट ब्राण्ड प्रबर्धन तथा संरक्षण, सभा गोष्ठीहरुलाई सम्बोधन सम्बन्धी कार्यहरु गर्ने इन्स्योरेन्सले जनाएको छ ।

उक्त सम्झौता हाललाई एक वर्ष कायम रहने छ ।

 

प्रकाशित : २० चैत्र २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह