सगरमाथा लुम्बिनी इन्स्योरेन्सको संस्थापक सेयर लिलामी बिक्री खुला भएको छ ।
कुमारी बैंकले आफ्नो स्वामित्वमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १ लाख १४ हजार ६१२ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो ।
यसमा न्यूनतम २७५ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । कम्पनीको लिलामी आवेदन कुमारी क्यापिटल, नागपोखरी काठमाडौंबाट पेश गर्न सकिनेछ ।
जेठ १ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।
प्रतिक्रिया