सागर डिष्टिलरी लिमिटेडले साधारण सभा बोलाएको छ ।
कम्पनीको चैत २९ गते सेको सञ्चालक समिति बैठकले प्रिमियममा आइपीओ निष्कासन गर्ने प्रस्ताव सहित विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । उक्त सभा वैशाख १५ गते यस कम्पनीको रजिष्टर्ड कार्यालयमा अपरान्ह ४ बजे सुरु हुनेछ ।
सभामा कम्पनीले प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । त्यसैगरी, कम्पनीको जारी पुँजी वृद्धि गर्नेका लागि प्रबन्धपत्रको दफा ६(१) (ख) संशोधन गर्ने सम्बन्धमा छलफल हुनेछ ।
प्रतिक्रिया