काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले ६ जना संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख ८ हजार ९२० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले ३५ दिनभित्र बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।
सेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ । उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया