Logo

बैंक / बिमा /शेयर

महालक्ष्मी विकास बैंकको महिला उद्यमीलक्षित सशक्तीकरण अभियान सुरु


GDP नेपाल
   १० बैशाख २०८१, सोमबार


काठमाडौँ । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरूलाई सार्वजनिक यातायातको क्षेत्रमा विद्युतीय सवारीको माध्यमबाट महिला सशक्तीकरण गर्ने अभियान सुरु गरेको छ । बैंकले ‘हरित परिवहनको माध्यमबाट महिला सशक्तीकरण’ भन्ने मूल नाराका साथ धुलिखेल नगरपालिकाका विभिन्न महिला उद्यमीहरुलाई विद्युतीय सवारीको साँचो हस्तान्तरण गरेको छ ।

पर्यावरणमैत्री यातायातको बढ्दो माग र आवश्यकतालाई सम्बोधन गर्न अन्य स्थानीय तहहरूमा समेत बैंकले हरित कर्जाअन्तर्गत यस्तो अभियान थप विस्तार गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

विगत २९ वर्षदेखि बैंकिङ सेवा दिँदै आइरहेको महालक्ष्मी विकास बैंकले हाल देशभर रहेका आफ्ना १०३ शाखा कार्यालयहरूमार्फत करिब ७ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित : १० बैशाख २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह