Logo

बैंक / बिमा /शेयर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर


GDP नेपाल
   १२ बैशाख २०८१, बुधबार


काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ६६ पैसा रहेको छ । मंगलबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०९ पैसा र बिक्री दर १३३ रुपैयाँ ६९ पैसामा कारोबार भएको थियो ।
आज युरो एकको खरिद दर १४१ रुपैयाँ ९८ पैसा र बिक्री दर १४२ रुपैयाँ ६२ पैसा रहेको छ । मंगलबार एक युरोको खरिद दर १४१ रुपैयाँ ५७ पैसा र बिक्री दर १४२ रुपैयाँ २१ पैसा रहेको थियो ।

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर खरिद दर १६४ रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्री दर १६५ रुपैयाँ ६८ पैसा पुगेको छ । मंगलबार एक पाउण्डको खरिद दर १६३ रुपैयाँ ९३ पैसा र बिक्री दर १६४ रुपैयाँ ६७ पैसा कायम थियो ।

बुधबार कतारी रियालको मूल्य बढेको छ । मंगलबार एक रियालको खरिद दर ३५ रुपैयाँ ४८ पैसा र बिक्री दर ३५ रुपैयाँ ६४ पैसा तोकिएकोमा आज रियाल एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसामा कारोबार भैरहेको छ ।

प्रकाशित : १२ बैशाख २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह