काठमाडौँ । सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर लिलामी बिक्री खुला भएको छ । लघुवित्तले एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको ६८ हजार ८०५ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो ।
यस सेयर खरिदका गन इच्छुक विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले वैशाख २१ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।
यसमा लगानीकर्ताले न्यूनतम २५० रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया