Logo

बैंक / बिमा /शेयर

नेपाल फाइनान्सको संस्थापक सेयर लिलामी बिक्री खुला


GDP नेपाल
   २० बैशाख २०८१, बिहिबार


काठमाण्डौँ । नेपाल फाइनान्सको संस्थापक सेयर लिलामी बिक्री खुला भएको छ । कम्पनीले १० लाख ९४ हजार ४७१.१८७ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो।

उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । यसमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाण्डौँ, नेपाल फाईनान्स लिमिटेडको केन्द्रिय कार्यालय कमलादी, बनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा शाखा कार्यालयहरु र प्रभु बैंक लिमिटेडको विराटनगर, विरगंज, पोखरा, नेपालगंज, सुर्खेत र धनगढी शाखा कार्यालयमा जेठ ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।

प्रकाशित : २० बैशाख २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह