Logo

बैंक / बिमा /शेयर

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन


GDP नेपाल
   २३ बैशाख २०८१, आइतबार


काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले लाभांश संशोधन गरेको छ ।

नियामक नेपाल बिमा प्राधिकरणले हाललाई कर प्रयोजन बाहेक अन्य कुनै पनि नगद लाभांश वितरण नगर्न निर्देशन दिएपछि कम्पनीको वैशाख २१ गते बसेको सञ्चालक समिति बैठकले लाभांश संशोधन गर्ने निर्णय गरको हो।

कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१५८ प्रतिशत नगद गरी कुल २६.१३५८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

यसअघि कम्पनीले २५ प्रतिशत बोनस सेयर र करसहित ९.५०प्रतिशत नगद गरी कुल ३४.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

प्रस्तावित लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । प्रस्तावित बोनस सेयरपछि चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।

प्रकाशित : २३ बैशाख २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह