काठमाडौं । सरकारले बूढीगण्डकी आयोजनाका लागि समेत बजेट विनियोजन गरेको छ । चिनियाँ कम्पनीलाई दिने तयारी भइरहेको यो आयोजनाको मुआब्जा वितरण गर्न १३ अर्ब रकम विनियोजन गरिको हो ।
यससँगै ऊर्जा क्षेत्रका लागि ८३ अर्ब ४९ करोड रुपैयाँ विनियोजन भएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदका दुवै सदनको संयुक्त वैठकमा आर्थिक वर्ष २०७६–७७ को आयव्यय विवरण (बजेट) प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।
जेठ १५ गते अर्को आर्थिक वर्षका लागि बजेट पेश गर्ने संवैधानिक व्यवस्था छ । केपी ओली नेतृत्वको दुईतिहाई बहुमतको सरकारका अर्थमन्त्री खतिवडाको यो दोस्रो बजेट हो ।
प्रतिक्रिया