Logo

बैंक / बिमा /शेयर

मैले पूर्वगभर्नरका रुपमा बोलेका कुरा तोडमोड गरियो, राष्ट्रपतिलाई जोड्नु दुर्भाग्यपूर्ण:  डा. नेपाल


gdpnepal
   २६ बैशाख २०८१, बुधबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा. चिरञ्जीवि नेपालले नेपालको नक्सा नोटमा प्रकाशित गर्नेसम्बन्धी विषयबारे आफूले बोलेको भनेर केही सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर राष्ट्रपति संस्थालाई नै आक्षेप लगाउने गरी केही अनलाइन सञ्चारमाध्यममा आएको टिप्पणीप्रति आफू स्तब्ध र दुःखी भएको बताउनुभएको छ ।

यस विषयमा डा नेपालसँग राष्ट्रपति पौडेलले चासो र जिज्ञासा राख्नुभएपछि जारी विज्ञप्तिमा यस्तो बताउनुभएको हो । “यस विषयमा सम्माननीय राष्ट्रपतिज्यूले चासो र जिज्ञासा राख्नुभएकोमा केही अनलाइनमा आएका विषयमा मैले पूर्वगर्भनर र अर्थशास्त्रीका हैसियतमा भनेको कुरालाई गलत आशयले प्रकाशन भएकोमा दुःखी भएको अवगत गराएको छु”, उहाँले भन्नुभएको छ ।

केही अनलाइनमा आएका विषयमा आफूले पूर्वगर्भनर र अर्थशास्त्रीका हैसियतमा भनेको कुरालाई गलत आशयले प्रचार गरेको र सम्मानित संस्थालाई अनावश्यक विवादमा ल्याएकोमा दुःख व्यक्त गर्दै आफनो भनाइ भनेर आएका सम्बन्धित विचारको नैतिक जिम्मेवारी आफै लिएको पनि वक्तव्यमा स्पष्ट पार्नुभएको छ ।

“उक्त विषयमा मलाई पूर्वगर्भनर र अर्थशास्त्रीका हैसियतमा सोधेको प्रश्नको जवाफ दिनेक्रममा मैले व्यक्त गरेको विचारलाई गलत आशयले प्रचार भएको जानकारी पनि गराउन चाहन्छु, मैले एउटा अर्थशास्त्री र एउटा विवेकशील नागरिकका नाताले कुनै विषयमा कुटनीतिक तहमा छलफल भैरहँदा देश र जनतालाई नै व्यवहारिक कठिनाई उत्पन्न हुने काम हुन्छ कि भनेर सचेत गराउने मात्र मेरो आशय थियो, आफ्नो राष्ट्र, राष्ट्रियता र संविधानप्रति मेरो समर्पण मेरा लागि जीवनको सबैभन्दा मूल्यवान छ यसमा कहिल्यै कुनै सम्झौता हुन सक्दैन”, उहाँले बुधबार एक वक्तव्य जारी गरी भन्नुभएको छ ।

उहाँले आफूले यो भन्दा भिन्न हुने गरी कुनै कुरा नबोलेको पनि स्पष्ट गर्नुभएको छ । “तथापी मैले बोलेको विषयलाई लिएर राष्ट्रपतिजस्तो मर्यादित संस्थालाई अनावश्यक विवाद गरिएको हुँदा मेरो भनाइ भनेर आएका सञ्चारमाध्यमका सम्बन्धित विषयका नैतिक जिम्मेवारी व्यक्तिगत रुपमा म आफै लिन्छु र यो विषयलाई लिएर सम्मानित राष्ट्रपति संस्थालाई अनावश्यक विवादमा नितान्न म विनम्रतापूर्वक आग्रह गर्दछु”, उहाँले भन्नुभएको छ ।

प्रकाशित : २६ बैशाख २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह