Logo

मुख्य समाचार

नागरिक लगानी कोषको खुद नाफा ८८ करोड २४ लाख


GDP नेपाल
   २८ बैशाख २०८१, शुक्रबार


काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । विरण अनुसार कोषले तेस्रो त्रैमाससम्ममा ८८ करोड २४ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

गत वर्षको तुलनामा कोषको नाफा १३.४३ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा कोषले ७७ करोड ७९ लाख खुद नाफा आर्जन गरेको थियो ।

यस्तै, ब्याजबाट हुने आम्दानी ३५ करोड ३२ लाख पुगेको छ ।

कोषको कमिसनबाट हुने आम्दानी १ अर्ब ४ करोड पुगेको छ भने ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा २५ अर्ब ५० करोड १९ लाख रुपैयाँ जम्मा छ ।

चैतसम्म यो कम्पनीको प्रतिसेयर आम्दानी २२.१४ रुपैयाँ छ । कोषको प्रतिसेयर नेटवर्थ १७१.४१ रुपैयाँ छ ।

प्रकाशित : २८ बैशाख २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह