Logo

बैंक / बिमा /शेयर

युनिलिभर नेपालको नाफा ३०.४६ प्रतिशतले बढ्यो, प्रति सेयर आम्दानी कति ?


GDP नेपाल
   २८ बैशाख २०८१, शुक्रबार


काठमाडौं । युनिलिभर नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४८ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्ष यसै अवधिको तुलनामा कम्पनीको नाफा ३०.४६ प्रतिशतले धेरै हो । गत वर्ष कम्पनीले ३७ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै, कम्पनीको सञ्चालन आम्दानी ११ अर्ब ९९ करोड कायम भएको छ । कम्पनीले गत वर्ष १ अर्ब ९६ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको सञ्चालन आम्दानी १.५२ प्रतिशतले बढेको हो । कम्पनीले खर्च भने १ अर्ब ५४ करोड रुपैयाँबाट घटाएर १ अर्ब ४५ करोड रुपैयाँमा झारेको छ ।

युनिलिभरको सेयर पुँजी ९ करोड २१ लाख रुपैयाँ छ । रिटेन्ड अर्निङमा ४ अर्ब २६ करोड रुपैयाँ जम्मा भएको छ भने प्रतिसेयर आम्दानी २ हजार २०२ रुपैयाँ ९वार्षिक० पुगेको छ । प्रतिसेयर नेटवर्थ ३ हजार १ सय ६२ रुपैयाँ कायम छ ।

प्रकाशित : २८ बैशाख २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह