Logo

मुख्य समाचार

३८.८१ प्रतिशतले बढ्यो चन्द्रागिरी हिल्सको नाफा


GDP नेपाल
   ३० बैशाख २०८१, आइतबार


काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १० करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ ।

गत वर्षको यसै अवधिको तुलनामा कम्पनीको नाफा ३८.८१ प्रतिशतले बढेको हो । गत वर्ष कम्पनीले ७ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै, कम्पनीको सञ्चालन आम्दानी बढेर ६९ करोड ७३ लाख रुपैयाँ पुगेको छ । अन्य आम्दानी पनि ४४ लाख रुपैयाँबाट बढेर ८६ लाख पुगेको छ । कम्पनीको वित्तीय खर्च २० करोड ६६ लाखबाट घटेर १८ करोड २९ लाख कायम भएको छ ।

चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष भने १२ करोड २२ लाख रुपैयाँले ऋणात्मक छ भने प्रतिसेयर आम्दानी पनि ५ रुपैयाँ ७ पैसाबाट बढेर ७.०३ पैसा कायम भएको छ ।

यसको प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ ०३ पैसा छ ।

प्रकाशित : ३० बैशाख २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह